साप्ताहिक सिर्जना (अंक-१२) : कविता "दुई टुक्रा कविताहरु ”- बिनोद दवाडी

कविता

"दुई टुक्रा कविताहरु"

१. मेरो जिन्दगीका सिकाइहरु

ए साथीहरु!
किन तेरो घर मेरो घर तेरो
जग्गा मेरो जग्गा तेरो भन्दै झगडा गर्छौ तिमीहरु?
किन चोरी गर्छौ ,किन मार्छौ मान्छे तिमीहरु?
किन खान्छौ रक्सी र नशालु पदार्थहरु?
तिमीहरु अरुको रीस डाढ, लोभ गर्छौ किन ?
जति पूरा भएपनि सपना तिम्रा
कहिल्यै पनि किन अघाउँदैनौं ?
ध्यान दिएर सुन मेरा कुरा तिमीहरू:
पैसाले, गाडीले, घरले, जग्गाले सबथोक हुँदैन
मानिसको पीर, दुःख, रोग, शोक रोक्न सक्दैन !

साप्ताहिक सिर्जना (अंक-११ ) :कविता "फेरिएको मौसम”- धडकन शर्मा

कविता

"फेरिएको मौसम”

क्षितिजले बिहान
मनको ढोका उघारेको बेला
चराहरुले गीत गाउन छाडेका छन्
सुनौला घाम चम्किदैन अचेल
त्यस्तै सूर्यमुखी फूल पनि
फूल्न मान्दैनन्

हरेक दिन
मनको चौतारीमा
भलाकुसारी पोख्न आउने
आत्मिय स्पर्शहरु पनि
व्यस्तताका कुहिरोभित्र
हराउन थालेका छन्

पल पलमा फुल्ने
सम्झनाका सुन्दर फूलपनि
हाँस्न मान्दिनन् खुसी भएर
किन ?
उजाड क्याकटसहरु झाँगिन्छन्
मनको गमलामा

साप्ताहिक सिर्जना (अंक-११) : कविता "जीवनका अनुभूतिहरु: भूत र वर्तमानको सीमारेखामा”- नमस्कार न्यौपाने

कविता

"जीवनका अनुभूतिहरु: भूत र वर्तमानको सीमारेखामा"

पहिले ...
फूलहरुले हरपल सुबास छरि नै रहेका थिए तर मेरो नाक बन्द थियो
बतास ले गीत सुसली नै रहेका थिए तर मेरो कान टालिएको थियो
आकासभरि जूनतारा डुलिरहेका थिए तर मेरो आँखामा पर्दा थियो
आमाले पकाएको खीर खाँदैगर्दा मुखमा मेरो थिएन स्वाद
किनकी म आफ्नै बिचारहरुमा हराइ रहेको हुन्थे
कसैले आएर यता कता हराइस् भनेर सोध्यो भने
शरीरभरि ४२० भोल्टको क्रोध-करेन्ट दौडिन्थ्यो !

साप्ताहिक सिर्जना (अंक-१०) :संस्मरण कथा "उसको माया पाउने सपना”- हर्क बहादुर लामगादे ‘रोहित’

संस्मरण कथा
"उसको माया पाउने सपना"

मेरो अतिथि समन्वयको जिम्मा थियो। भारतीय सांस्कृति कला संगठनले सांस्कृतिक कार्यक्रमको आयोजना मैरे राज्य मणिपुरमा हुने निर्णय भएको थियो। कार्यक्रममा भाग लिन विभिन्न राज्यबाट कलाकारहरू बिराजिए जसमा असम, अरूणाचल, त्रिपुरा, गोवा, हिमाचल, केरल, राजस्थान, उत्तराखण्ड, गुजरात थिए। त्यो सालको कार्यक्रम मणिपुर अनि असमल राज्यले आयोजन गर्ने निर्णय भएको हुनाले मैले पनि कार्यकर्ताको रूपमा जिम्मेदारी पाएँ। कार्यक्रमको दुई दिन अघि नै सबै तयारी भईसक्यो। एक दिन अघि सबै प्रदेशबाट कलाकारहरू आईपुगे।

Pages